LINS News

नेपाल डे परेड, मे - २०२४

**लिन्स, मे ३, २०२४ **

हार्दिक आभार !
हरेक बर्ष May 19 मा गरिने नेपाल डे परेड यस बर्ष पनि May 19 मा न्युयोर्कको म्यान्ह्याटनको म्याडिसन अभिन्युमा मनाइयो।

लङ्ग आईल्यान्ड समाज न्युयोर्कले आफ्ना समुदायहरुको साथ लिएर परेडका लागि ट्रक सजाउने , व्यापक प्रचार-प्रसार गरि ऐतिहासिक रुपमा आफ्नो सहभागिता जनायो।

सस्थाले अत्याधुनीक सुबिधा सम्पन्न डिलक्स बसको ब्यवस्था गरि म्यान्ह्याटन आउन- जान सहज बनाएको थियो । बस र कार गरि करिब १०० नेपाली लङ्ग आईल्यान्डबाट उपस्थित हुनु भएको थियो।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


LINS

2024/05/19

लङ्ग टेनिस बल प्रतियोगिता, जुन - २०२४

**लिन्स, जुन २९, २०२४ **

हार्दिक आभार !

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कको खेलकूद समीतिले आयोजना गरेको लङ्ग एक दिवसीय टेनिस बल प्रतियोगिता सु- सम्पन्न भएको छ।

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कका बोर्ड सदस्य श्री सुजन रेग्मी, यूवा समाज सेविहरु क्रमश: योग राज पौडेल र ड्यानी (खील लामा )को संयोजनलाई कार्य समीति वरिष्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटी र सचिब श्री दिपक अधिकारी ज्युले ब्यवस्थापन गर्नु भएको थियो ।

East meadow high school को टेनिस कोर्टमा खेलाईएको उक्त खेलमा जम्मा २६ जना खेलाडिहरुले (खेलाडिहरुको नामावली संलग्न गरिएको छ) भाग लिनु भएको थियो ।

खेलको लगत्तै लन्चको समयमा उपस्थित सहभागिहरुले नै आयोजना गरेको छोटो सम्मान कार्यक्रममा लङ्ग आईल्यान्ड नेपाली समाजका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। संस्थाका संस्थापक महासचिव तथा पूर्व सल्लाहकार श्री दुर्गेश कार्की, यन. आर. यन.ए . सह कोषाध्यक्ष श्री दिवाकर पान्डे, सूदूर पश्छिम समाज अध्यक्ष श्री दानसिंह बिस्ट, बाग्लुङ्ग सेवा समाज, पर्वत सेवा समाज उपाध्यक्ष श्री श्याम पौडेल आदि हुनु हुन्थ्यो भने कार्यसमीति अध्यक्ष श्री राजन गौली, बरिष्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटी , महासचिव श्री राजेन्द्र कार्की, सचिब श्री दिपक अधिकारी बोर्ड सदस्य श्री सुजन रेग्मी, बोर्ड सदस्य श्री बिकाश मैनाली र श्रीमति बिमला भन्डारी आदिको उपस्थिति रहेको थियो।

समुह A र समूह B मा सहभागी 26 खेलाडिले विभिन्न चरणमा खेल खेलेर बिजेता छनौट भएका थिए । बिजेताहरुमा प्रथम : श्री जनक बस्नेत र रमेश पाठक थिए भने दोस्रो बिजेता जयराम बराल र बिपुल मैनाली थिए।

दुबै समुहका बिजेता खेलाडिलाई अध्यक्ष कुल प्रसाद गौली ( राजन),महासचिव श्री राजेन्द्र कार्की, पूर्व सल्लाहकार श्री दुर्गेश कार्की, अन्य संस्थाका प्रतिनीधि NRNA सह- कोषाध्यक्ष श्री दिवाकर पान्डे, NRNA NY CHAPTER सदस्य विशाल रेग्मी, सुदूर पस्छिम समाजका अध्यक्ष श्री दानसिङ बिस्ट र पर्वत सेवा समाज उपाध्यक्ष श्री श्याम पौडेलले खादा तथा टीका लगाई सम्मान र हौसल्ला प्रदान गर्नुभएको थियो।

संस्थाले बिजयी खेलाडिहरुलाई आउदै गरेको समर पिकनिकमा सम्मान गर्ने कार्यक्रम रहेको छ।

खेलाडिहरुका तर्फबाट जनक बस्नेत, रमेश पाठक र सल्लाहकार भुबन श्रेष्ठले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो भने अध्यक्षले आफ्नो समय , श्रोत र खेल स्थानको संयोजन गरि सफलतापूर्वक खेल सम्पन्न गर्नु भएकोमा संयोजकहरुलाई एक मुस्ट धन्यवाद ज्ञापन गर्नु भएको थियो।

महासचिवले यस्ता कार्य निरन्तर रहनु पर्छ। खेलले यूवालाई मात्र नभएर सिङ्गो समाजलाई एक ठाउँमा जोड्ने गर्छ त्यसका निम्ति सबै साथिहरुमा कार्यसमितिका तर्फबाट र ब्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्नु भएको थियो ।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


LINS

2024/06/29

समर पिकनिक र स्वास्थ्य शिविर, जुलाई - २०२४

**लिन्स, जुलाई १९, २०२४ **

हार्दिक आभार !

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा आयोजित समर पिकनिक, स्वास्थ्य क्याम्पलाई सफल बनाउन विभिन्न किसिमले सहयोग , सह- कार्य र सहभागिता जनाउनु हुने तपाईं सबैप्रती हामी लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्क कार्यसमीति हार्दिक आभार ब्यक्त गर्दछौं।

हामीलाई सह- कार्य गरि सघाउनु हुने NANA (Nepali American Nurse Association) कि संस्थापक अध्यक्ष लङ्ग आईल्यान्ड नेपाली समाजकी सल्लाहकार NP सुनिता भन्डारी र टिमलाई हार्दिक आभार ब्यक्त गर्दछौं।

हामीलाई समग्र रुपमा यो पिकनिकका लागि संयोजन गर्नु हुने सयोजक दिपक अधिकारी , हरेक तरिकाले सहयोग गर्नुहुने सबै कार्यसमीति साथिहरु , स्पोन्सर गर्नु हुने AT&T , ZN ट्राभल्स , महाराजा ग्रोसरी स्टोर , डिनरका लागि $2000 स्पोन्सर गर्नु हुने बर्तमान अध्यक्ष श्री कुल प्र. गौली( राजन), आफ्नो सबै सामाग्री , स्थान , श्रम जुटाएर सहयोग गर्नु हुने आदरणीय समाज सेवी श्री शिव मैनाली , बिकास मैनाली, मीठो खाना बनाउन दक्ष कार्यसमिति सदस्य श्री राज कुमार तामाङ्ग ज्यु, कोषाध्यक्ष निर्मल थपलिया ज्यु र सधै संस्थालाई माया गर्ने आदरणीय श्री रबिन सङ्ग्रौला जसले खाना बनाउन , खरिद गर्न र बार्बर क्युका लागी ४ ब्याग कोइला समेत उपलब्ध गराउनु भएकोमा सबैमा हामी कार्यसमीतिका तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं।

हाम्रो आमन्त्रणलाई स्वीकारेर पाल्नुभएका स्थानिय बिधायिका (Assembly man) Jake Blumen Cranz प्रती बिशेष धन्यवाद ।

अत्यन्तै मीठो खाना ब्यवस्थापन गर्न सघाउने सस्थाका उपाध्यक्ष पन्डित गोकुल सापकोटा ज्यु प्रती हार्दिक आभारी छौं ।

समाजलाई जोड्न हरेक तरिकाले भूमिका खेल्नु हुने हाम्रा अन्य संघ संस्थाका प्रतिनिधिहरु ज्युहरु, सल्लाहकार ज्युहरु, पूर्व अध्यक्षज्युहरु, लगायत विभिन्न खेलका पुरस्कारका लागि प्रायोजन गर्नु हुने कार्यसमीति साथिहरु, म्युजिक सिस्टममा सहयोग गर्नु हुने सजल भट्टराई, प्रशान्त पाठक कोष ब्यवस्थापन गर्नुहुने श्री राम कुमार राई, पबित्राअधिकारी खाना बनाउन र सेवा गर्न सदैव अघि सर्ने संस्थाकी बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष क्रमश: श्रीमति साबित्रा सिबाकोटी , इन्दिरा सिंखडा , बोर्ड सदस्य श्रीमति नमिता पौडेल, अम्बिका फुयाल, रोश्नी सिटौला , फोटो खिचेर सहयोग गर्नु हुने श्री सुजन रेग्मी , पल ( सधै हामीलाई फोटो खिच्ने साथी) अनि बाहिरै बाट सदैव सघाउने सीता मैनाली , पबिता गौली र विशाल रेग्मीज्यु लगायत तपाईं प्रत्येक सबैलाई हामी हृदय देखिनै सबै टिमका तर्फ बाट हार्दिक आभार ब्यक्त गर्दछौं।

पिकनिक स्थलमा बार्बरक्यु गरी सहयोग गर्नु हुने कार्यसमिति सदस्य रभि खडका, चन्द्र पराजुली , अच्युत चापागाईं, सन्तोष रानामगर , सुरज पोख्रेल , ज्ञान प्र. बास्तोला, प्रकाश कुँवर अन्य खाना तथा चट्पटे बनाई हामीलाई सघाउने कार्यसमीति सदस्य श्रीमति बिमला भन्डारी र ज्ञानु चन्द प्रति हामी सहृदय धन्यवाद ब्यक्त गर्दछौं ।

संस्थाका हरेक कार्यमा सदैव हरेक तरिकाले सघाउन अघि सर्ने आदरणीय ब्याक्तित्वहरु जो आफै ब्यस्त हुनुहुन्छ श्री दुर्गेश कार्की, श्री दिवाकर पान्डे , डा. हरि दाहाल र सल्लाहकार श्री हेमन्त सिङ ज्यु जसले पिक्निक स्थलमा साकाहारी खानामा प्रत्यक्ष खटेर सेवा पुर्याउनु भएका उहाँप्रति हामी सदैव आभारी छौँ ।

यो कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको छ। तपाईं नहुनु भए यो संस्था, यो समुदाय यसरी झाँगिदैन थियो । तपाईं प्रत्यक्ष र सकृय सहभागिताले नै हामी हाम्रो सामुदायिक एकता र भाई- चाराको लक्ष्यलाई भेट्ने छौ। यो साथ र माया सदैव रहोस्।

अन्तमा, अनवरत प्रयासका बावजूद पनि कुनै कमजोरी रहेछन् भने त्यो हामी पूनरवलोकन गरि अझै ब्यवस्थित गरि सिक्दै तपाईको हातेमालो सहित अघि बढ्ने प्रण गर्दछौं।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


LINS

2024/06/29

लिन्स फुटबल प्रतियोगिता, अगस्ट - २०२४

मकै हाउस सामुदायिक मिडिया, लंग आईल्याण्ड नेपाली समाज (लिन्स) न्युयोर्कको फुटबल प्रतियोगिता २०२४ मा १३ टिमले प्रतिस्पर्धा गर्ने भएको हो|


image

लंग आईल्याण्ड नेपाली समाज (लिन्स) को आयोजनामा आगामी अगस्ट १०,२०२४ शनिबारका दिन बिहान ९ः०० बजे देखि सॅाझ ५ः०० बजे सम्म चल्ने फुटबल प्रतियोगितामा १३ टिमले प्रतिस्पर्धा गर्ने भएको हो । ४ समुह चरणमा बाडिएको समुहमा

“A” – समुहमा दांग फुटबल क्लब ए, स्नो लायन्स क्लब, शेर्पा फुटबल क्लब ए र घ्याम्सुल्दो फुटबल क्लब रहेको छ । समुह “B”- मा लंग आईल्याण्ड नेपाली समाज ए, न्युजर्सि फुटबल क्लब र तामांग फुटबल क्लब रहेको छ । समुह “C” – लंग आईल्याण्ड नेपाली समाज बि, न्युयोर्क नेपाली फुटबल क्लब र शेर्पा फुटबल क्लब बी रहेको छ । समुह “D” – दोलखा फुटबल क्लब, तमु फुटबल क्लब र दांग फुटबल क्लब बी गरी चारै समुह गरि १३ टिमले प्रतिस्पर्धा गर्ने भएको हो ।

फुटबल प्रतियोगिता सेडर क्रिक पार्क (फिल्ड ९, ग्राउण्ड २) सिफोर्ड, लंगआईल्याण्डमा हुने भएको हो । $६०० दर्ता शुल्क राखिएको प्रतियोगितामा प्रथम हुनेले नगद $३००० र ट्रफि र दोस्रो हुनेले $१००० र ट्रफि प्राप्त गर्ने छ ।


Click below link to open News (समाचार खोल्न तलको लिङ्कमा क्लिक गर्नुहोस्)

https://makaihousenews.com/


LINS

2024/08/20

नेपाली पासपोर्ट घुम्तीसेवा, जुन - २०२४

**लिन्स, जुन २९, २०२४ **

हार्दिक आभार !

मिति 06/29/2024 मा लङ्ग आईल्यान्ड नेपाली नेपाल सरकार महाबाणिज्यदूत कार्यालय न्युयोर्कसॅग लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कको आयोजना र ब्यबस्थापनमा 2550 Club house Rd. Merric स्थित सामुदायिक भवनमा पासपोर्ट तथा कन्सुलेट सम्बन्धी घुम्ती सेवा सम्पन्न भएको छ।

बिहान करिब ९ः०० बजे बाट शुरु भएको घुम्ती सेवा कार्य करिब ५ बजे सम्म चलेको थियो। अत्याधिक मात्रामा प्रतीक्षा गरिएको यो सेवाबाट लङ्ग- आईल्यान्ड , छिमेकी शहर र अन्य राज्यमा बसोबास गर्ने नेपालीहरु जम्मा ५० भन्दा बढिले सेवा लिनु भएको छ।

आफ्नै शहरमा सेवा दिन अहोरात्र खटिएर सेवा दिन हौसिनु भएका महाबाणिज्य कार्यालय न्युयोर्कप्रती सबै लङ्ग आईल्यान्ड नेपाली समाजका सदस्यहरु कृतग्य छन्।

कार्यक्रम स्थलमा स्वयं उपस्थित भएर लङ्ग आईल्यान्ड नेपाली समाज र सबै सदस्यहरुप्रती महाबाणिज्य दूत चक्र कुमार सुबेदिले सेवा प्रदान गर्न पाएको यो अवसर प्रती खटिने आफ्ना सहकर्मी, लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्क कार्यसमिति , सेवाग्राही र भवन उपलब्ध गराउने स्थानीय सरकार प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कका अध्यक्ष श्री राजन गौली, बरिष्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिवाकोटि र महासचिव श्री राजेन्द्र कार्कीले महाबाणिज्यदूत कार्यालय र समग्र टिम क्रमश: कार्यबाहक महाबाणिज्यदूत चक्र सुवेदी, बाणिज्य दूत बिष्णु कुमारी अधिकारी, श्री नवराज भट्टराई, श्री मणि पोख्रेल , श्रीमति समि रेग्मीलाई संस्थाकातर्फबाट खादा लगाई सम्मान गर्नुभएको थियो । समाजका भद्र भलाद्मीहरु, समाजको पूर्बसल्लाहकारहरु, बर्तमान सल्लाहकारहरु, NRNA- NCC USA तथा New York Chapter को प्रतिनीधिहरुको उपस्थिती रहेको र मिडीयाकर्मी श्री सम्राट कार्की ज्युले रिपोर्टिंग गर्नुभएको थियो।

अन्तमा हामीलाई साथ दिनु हुने तपाई सबै लङ्ग आईल्यान्ड नेपालीहरु, अन्य संघ- संस्थाका प्रतिनीधि, स्वयंसेवक , मिडियाकर्मी, स्थानीय टाउन सरकार,सबै कार्यसमीति सदस्यहरु र सल्लाहाकार ज्युहरुको अथक मेहनत र समय प्रति हामी हार्दिक आभार ब्यक्त गर्दछौं ।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


LINS

2024/06/29

कार्यसमितिको भौतिक बैठक, डिसेम्बर - २०२४

**लिन्स, डिसेम्बर 0१, २०२४ **

नमस्कार !
लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्क को कार्यसमितिको भौतिक बैठक अध्यक्ष श्री कुल प्र. गौली ज्युको अध्यक्षतामा कूल २१ सदस्य मध्ये १६ जना सदस्यज्युहरुको भौतिक उपस्थितिमा निम्न एजेन्डा उपर छलफल गरि निर्णयमा पुग्न सफल भएको ब्यहोरा सम्बन्धित सबै समुदाय सदस्यज्युहरुमा जानकारी गराइन्छ:


बैठकका एजेन्डाहरु:


१. ईमिग्रेसन कार्यक्रम र 2024 को समीक्षा
२. बार्षिक साधारण सभाको मिति र ततसम्बन्धी तयारी
३. मनोरंजन समीति गठन
४. 2025 का लागि LINS क्यालेन्डर तयारी
५. सामुदायिक भवन
६. LINS का लागि अत्यावश्यक सामान खरिद र जिन्सी लगत
७. बिबिध :
क. डिसेम्बर महिनाका लागि समुदाय सँग विज्ञ
ख: नेपाली भाषा कक्षाका लागि शिक्षिका थप गर्ने सम्बन्धमा


निर्णयहरु:


१.कार्यक्रम समीक्षा:
ईमिग्रेसन कार्यक्रम र अन्य कार्यक्रमहरु( 2024)
क. संस्थाले गरेको ईमिग्रेसन कार्यक्रम अत्याधिक रुचाईएको र जन सरोकारका बिषयमा समेटिएको , सम्बन्धित बिषयका वकिलहरु र FALDEF का सहकार्यलाई धन्यवाद प्रदान गरिने निर्णय गरियो।


ख: प्राविधिक रुपमा देखिएका केही समस्याहरुलाई थप ब्यवस्थित गरि आगामी दिनमा सुधारेर लैजाने निर्णय गरियो।


२. २०२४ का कार्यक्रम :


क. क्यालेन्डरमा भएका कार्यक्रमहरुलाई ब्यवस्थित गर्ने र थप अन्य नयाँ कार्यक्रम आवाश्यकताका आधारमा थप्दै लैजाने निर्णय गरियो ।


३. बार्षिक साधारण सभा:
क. बार्षिक साधारण सभा मार्च 2025 मा गरिने निर्णय गरियो । मिति र स्थान आवाश्यक तयारी पशात सार्वजनिक गरिने निर्णय गरियो।


ख: बिधान समीति गठन :
मौजुदा बिधानलाई अध्यावधिक गर्न, आवाश्यक मुल्याङ्ग्कन , ड्राफ्ट र संशोधन सहित कार्यसमिति मार्फत साधारण सभामा पेश गर्नका लागि निम्न ब्यक्तिहरु सम्मीलित समीति गठन गरिने निर्णय गरियो :


क. डा. हरि दाहाल - संयोजक
ख. श्री दिबाकर पान्डे
ग. आ. पं. पिपल मणि सिग्देल
घ. श्री बिबेक गौतम
ङ. श्री राज चौलागाईं
च. श्री बसन्त चापागाईं
छ. श्री टीका ढकाल


४. मनोरन्जन समीती:


क. श्री योगराज पौडेल - संयोजक
ख. रबिन संग्रौला
ग. विशाल रेग्मी
घ. राम कु. राई
ङ. श्याम पौडेल
च. चन्द्र पराजुली
छ. सुजन रेग्मी


५. 2025 को कार्यगत क्यालेन्डर निर्माण
संस्थाले बर्षभरी गर्ने कार्यक्रमको क्यालेन्डर बनाउन निम्न ब्यक्ती सम्मिलित कार्यदल गठन गरिने निर्णय गरियो:
क. श्री कुल प्र. गौली
ख. श्रीमति साबित्रा सिबाकोटि
ग. पं: गोकुल सापकोटा
घ. श्री दिपक अधिकारी
ङ. श्री बिकाश मैनाली
च. श्री निरज सापकोटा


६.सामुदायिक भवन :


सामुदायिक भवनको कार्यलाई तीव्र रुपमा अघि बढाउन निम्न निर्णय गरिएको छ :


क. यस भन्दा अघि गठित सस्थालाई सकृय गराउने र आवाश्यकता अनुसार थप समीती बिस्तार गर्ने ।
ख. बोल- कबूल भएको रकमलाई विभिन्न ब्लकमा बिस्तार गरि बढाएर लैजाने ।
ग. आवाश्यक सरकारी निकायबाट प्राप्त गरिनु पर्ने अनुमती एथाशीघ्र प्राप्त गर्न पहल र फलोअप गर्ने ।

७. आवाश्यक सामान खरिद र जिन्सी सामानको लगत तयार गरि रेकर्ड राख्नका लागि निम्न ब्यक्ती सम्मिलित कार्यदल गठन गरिने निर्णय गरियो :


क . श्री कुल प्र. गौली
ख. श्रीमति साबित्रा सिबाकोटी
ग . श्रीमति इन्दिरा सिखडा
घ. राजेन्द्र कार्की
ङ. दिपक अधिकारी
च.राम कु. राई
छ. बिकाश मैनाली
ज. सुजन रेग्मी


बिबिध:


नेपाली भाषा कक्षाका लागि थप शिक्षिकाको ब्यवस्था गर्ने डिसेम्बर महिनाका लागि समुदाय सग विज्ञ अन्तर्गत " क्याम्पस भर्ना प्रकृया, लोन प्रक्रिया लगायत अन्य " बिषयमा विज्ञ सग अन्तर्कृया गर्ने निर्णय गरियो ।


लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कको भौतिक बैठकमा सहभागी भएर निर्णय प्रकृयामा भाग लिनु हुने सबै पदाधिकारी ज्युहरु र समुदायका तपाईं सबै सदस्य ज्युहरुलाई सस्था प्रतिको बिश्वास र मायाका लागि हार्दिक आभार ब्यक्त गर्दछौं ।


राजेन्द्र कार्की
महासचिब

लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क

कुल प्र. गौली ( राजन)

अध्यक्ष

लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क

LINS

2024/12/01

फागु पुर्णिमा होलि, मार्च - २०२४

**लिन्स, मार्च २४, २०२५ **

हार्दिक आभार !

लङ्ग आईल्यान्ड नेपाली समाजद्वारा आयोजित फागु पुर्णिमा ( होलि) समारोहमा तपाईं लङ्ग आईल्यान्ड निवासी सम्पुँर्ण सहभागिहरुमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।

कार्यक्रमको शुरुमा स्वस्तिवाचन गरि होलि पर्वको साँस्कृतिक महत्व बारे प्रकाश पार्दै आचार्य पन्डित श्री गोकुल सापकोटाले अघि बढाउनु भएको थियो भने बाँकी कार्यक्रम संयोजक सुजन रेग्मिले सन्चालन गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबै जनसमुदायलाई होलिको हार्दिक शुभकामना र धन्यवाद ज्ञापन गर्दै अध्यक्ष श्री कुल प्रसाद गौलिले समापन गर्नु भएको थियो।

रङ्गहरुको यो पर्वमा साङ्गितिक रङ्ग भर्ने , नृत्य तथा विभिन्न खेलहरुको संयोजन गरि अझ आकर्षक बनाउने कार्यक्रमका सबै साथिहरु र संयोजक सुजन रेग्मी, आकर्षक टि -सर्टको प्रबन्ध गरि बिक्री बितरण गर्ने साबित्रा सिवाकोटी, रबि खडका ,राम कुमार राई प्रबिधिमा दिपक अधिकारी, नृत्यमा आफ्नो कला देखाउने कलाकार सजल भट्टराई , बाल कलाकार आयुषा बुढाथोकी र कार्यक्रमलाई सफल बनाई दिनु हुने सम्पुर्ण स्वयंसेवकहरुलाई धन्यवाद प्रकट गर्दछौं ।

क्यान्टियग पार्क हिक्सभिलमा आयोजित होलि समारोहमा २०० जनाभन्दा बढि लङ्ग आईल्यान्ड वासीको सहभागिताले हामी उत्साहित भएका छौँ । कार्यक्रमलाई यो चिसो मौसमका बावजुद पनि हामीसगै जोडिएर साथ दिनु हुने सम्पुँर्णमा यो कार्यसमीति हार्दिक आभार प्रकट गर्दछ। निकट भविस्यमा गरिने अन्य कार्यक्रमा पनि यस्तै सहभागिताको अपेक्षा गर्दछौं ।

कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु हुने तपाईं सबै कार्य समीतिका साथिहरु, स्पोन्सर पटेल ब्रदर्श , खानामा आफ्नो ब्यक्तिगत स्पोन्सर गर्ने राजन गौली, नमिता पौडेल, बिकाश मैनाली, इन्दिरा सिंखडा साबित्रा शिवाकोटी , दिपक अधिकारी र तेज शाही परिवार लगायत अन्य सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


https://www.facebook.com/LongIslandNepaleseSociety

LINS

2024/03/24

सामुदायिक भवन टाउन हल मिटिङ्ग, मे - २०२४

LINS

05/ 03/ 2024

अन्तरास्ट्रिय नारी दिवस, मार्च - २०२५

**लिन्स, मार्च ०९, २०२५ **

अन्तरास्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न !

मिति आईतवार , 03/09/2025 न्युयोर्क , हिक्स्भिलमा लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले आफ्नो समुदाय र आगन्तुकहरुका बिच ११५ औं अन्तरास्ट्रिय नारी दिवस महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

सिता मिजार नेपाल सरकार तल्लो सदनकी संघीय सांसदलाई प्रमूख अतिथी बनाईएको थियोभने बिशेष अतिथिमा अधिकार सस्थाकी निर्देशक नर्मदा क्षेत्रीलाई बनाईएको थियो।

निलिमा प्रधानको योगा सेसन , रश्मि भट्टको कविता ,** निर्मला पन्तिको** बेजोड बक्तब्य, सुनिता भन्डारिको उत्प्रेरित बक्तब्य , नमिता पौडेल, रुपा भन्डारी , ब्युटिसियनको डेमो, आयुसा बुडाथोकिको नृत्यलाई सयोजन गरेर कार्यक्रम अध्यक्ष राजन गौलिको अध्यक्षतामा महासचिव राजेन्द्र कार्कीले औपचारिक शुरुवात गर्नु भएको थियो भने कार्यक्रम सम्पुर्ण रुपमा सस्थाकी बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिवाकोटिले सन्चालन तथा सयोजन गर्नु भएको थियो।

कार्यक्रममा NRN ICC HONORARY COUNCIL MEMBER Dr. हरि दाहाल,** NRNA CO TREASURER** श्री दिबाकर पान्डे, सल्लाहकार क्रमश : श्रीमति सुनिता भन्डारी, श्री अशोक कार्की , भुबन श्रेष्ठ , तेज बहादुर शाही, कार्यसमिति सचिब दिपक अधिकारी , सह कोषाध्यक्ष श्रेव राम कुमार राई, बोर्ड सदस्य डा. यम गिरि, रोश्नी सिटौला, ज्ञानु चन्द, बिमला भन्डारी, आदिको उपस्थिति थियो भने समुदायका समाज सेवी महिला श्रीमति शोभा पोख्रेल श्रेष्ठ , सृष्टि भट्टराई, झर्ना शर्मा, निशा पराजुली, निर्जला पोख्रेल, उरु चौलागाईं , मिरा सापकोटा, आशिका सङ्ग्रौला, पबिता गौली, सीता मैनाली आदि लगायत दर्जनौं महिलाहरुको उपस्थिति रहेको थियो।

यो कार्यसमीतिले आफ्नो कार्यकालको शुरुवात अन्तरास्ट्रिय महिला दिवस सम्बन्धि अनलाईन कार्यक्रम गरेर शुरुवात गरेको थियो भने यस बर्षको अन्तिम कार्यक्रम पनि महिला दिवस कार्यक्रम गरेर मनाएको थियो।

आगामी दिनमा महिला सशक्तीकरणका लागि समुदायकै महिलाहरुको प्रत्यक्ष सहभागितामा के- कसरी अझ प्रभावकारी रुपमा मनाउन सकिन्छ। हामीले महिला केन्दृत कस्ता कार्यक्रम पस्केर समुदायको सेवा गर्न सकिन्छ तपाईको अमूल्य सूझावको सदैव अपेक्षा गर्दै कार्यक्रममा सहभागी हुने तपाईं सबैलाई हार्दिक आभार प्रकट गर्दै यहि मार्च १६ तारिक हुने बार्षिक साधारण सभामा भाग लिनु हुन तपाईं सबैलाई हार्दिक अनुरोध गर्दछौं ।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


https://www.facebook.com/LongIslandNepaleseSociety

LINS

2025/03/09

नेपाली नयाँ बर्ष २०८१ समारोह, अप्रिल - २०२५

LINS

2024/04/14

सामुदायिक भेला, सेप्तेम्बेर - २०२४

**लिन्स, सेप्तेम्बेर ११, २०२४ **

हार्दिक आभार !

सामुदायिक भेला सु- सम्पन्न!

लङ्ग आईल्यान्ड नेपाली समाजद्वारा आयोजित सामुदायिक भेला अत्यन्तै सफलताका साथ समुदायको प्रत्यक्ष सहभागितामा समपन्न भएको छ।

मिती सन 09/08/2024 मा 201 Levittown parkway स्थित सामुदायिक हलमा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री कुल प्रसाद गौली( राजन) ज्युको अध्यक्षतामा महासचिव श्री राजेन्द्र कार्कीले सन्चालन गर्नु भएको थियो।

संस्थाका बर्तमान बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटीले स्वागत मन्तब्यबाट सबै उपस्थित समुदायलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रमको प्रविधिलाई सचिब श्री दिपक अधिकारी सह- कोषाध्यक्ष श्री राम कुमार राई र बोर्ड सदस्य श्री बिकास मैनालिले संयोजन गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका बर्तमान, निबर्तमान, पूर्व कार्यसमिति पदाधिकारी ज्युहरु,सल्लाहकार ज्युहरु, NRNA ICC बाट श्री दुर्गेश कार्की,डा. हरि दाहाल, NRNA बाट श्री दिवाकर पान्डे, NRNA NY Chapter बाट श्री विशाल रेग्मी, रिजउड नेपाली सामजबाट श्री राजेश भट्ट, सुदूर पस्छिम समाजबाट श्री दानसिङ बिस्ट, धादिङ्ग नेपाली समाजबाट श्री टक बहादुर रुवाली, पर्वत सेवा समाजबाट श्री सुर्य पौडेल र श्याम पौडेल र ग्याल्सुङ्डो सेवा समाजबाट श्री थावा शेर्पा लगायत अन्य निकै संस्थागत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा लङ्ग आईल्यान्ड नेपाली समाजले हाल सम्म गरेको कार्यक्रम मार्फत गरेको सामुदायिक गतिबिधी, संस्थाका समस्या, प्रगति र आगामी योजना हुँदै सामुदायिक भवनका लागि बिभागिय समीतिगठन भएको छ।

महासचिवले समुदायलाई आवाधिक प्रतिवेदनका रुपमा संस्थाका सम्पादित कार्यक्रम र संस्थाको अपीलबाट समुदायको भवनको महा- अभियानमा खुलेर समाहित हुन लङ्ग आईल्यान्ड भित्र बसोबास गर्ने सबैमा हार्दिक अनुरोध गर्नु भएको थियो।

समुदायले नै प्रत्यक्ष सहभागी भएर सामुदायिक भवनका बारेमा र यस अन्तर्गत बन्ने समीतिमा छलफल गरेको छ। यो एउटा समुदायको अपनत्व हुने गरि शुरु भएको सकारात्मक प्रकृया हो। समुदाय भवनका लागि कार्यसमीति अध्यक्ष अन्तर्गत रहने गरि एक मूल समारोह समीति र सो मूल समीति भन्दा तल समन्वय समीति, अर्थ सकलन/कार्यक्रम समीति, कानून/ प्राविधिक समीति र प्रचार- प्रसार समीति गरि जम्मा चार समीति गठन गरिएको छ।

मूल समारोह समीतिभित्र संस्थाका संस्थापक, निवर्तमान र पूर्व सबै अध्यक्ष, सल्लाहकार र पदाधिकारीहरु पदेन सदस्य रहने गरि ब्यवस्था गरिएको छ जुन आफैमा एक बृहत्तर सामुदायिक सहभागिताको भरपर्दो उदाहरण हो।

समुदायले यसलाई रुचाएका छन् । सामाजिक एकता र एउटै भवन बन्नु पर्छ भनेर भेलामा आवाज उठेको छ जसले समाज एकतामा रहनु पर्छ भन्ने माग देखिन्छ।

सामुदायिक भवनका लागि संकलित रकम हरेक दिन हामी हाम्रा आधिकारिक पेजमा अपडेट गर्दै जानेछौं । अब यसलाई लगत राखेर सम्बन्धित समीति मार्फत सो कार्य अघि बढाईने छ।

सामुदायिक भेलाबाट प्रस्तावित भई मनोनयन हुनु भएका समीति संयोजकहरुमा समन्वय समीति संयोजक श्री दिवाकर पान्डे, अर्थ सकलन /कार्यक्रममा श्री दुर्गेश कार्की, कानून तथा प्राविधिक समीतिमा श्री बिबेक गौतम र प्रचार- प्रसार समीतिमा श्री सुर्य पौडेल रहनु भएको छ।

कार्यक्रमको भेलाले उठाएको बिभिन्न प्रश्नको उत्तर संस्थाका अध्यक्ष श्री राजन गौलीले आफ्ना सम्पुर्ण कार्यसमिति पदाधिकारीहरु क्रमश बरिस्ठ उपाध्यक्ष साबित्रा सिबाकोटी, उपाध्यक्ष द्वय पंन्डित गोकुल सापकोटा, इन्दिरा सिंखडा, महासचिव राजेन्द्र कार्की, सचिब दिपक अधिकारी, सह- कोषाध्यक्ष राम कुमार राई, बोर्ड सदस्य क्रमश : डा. यम गिरि, बिकस मैनाली, ज्ञानु चन्द, बिमला भन्डारी, नमिता पौडेल र रोश्नी सिटौला आदिका साथ बसेर दिनु भएको थियो।

अन्तमा उपस्थित समुदायलाई प्रश्न, सहभागिता, भवनका लागि घोषणा गर्नु भएको रकम र देखाउनु भएको एकताप्रति

कार्यसमितिका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरताको अपेक्षा गर्नु भएको थियो।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


https://www.facebook.com/LongIslandNepaleseSociety

LINS

2024/09/11

लिन्स तीज कार्यक्रम - २०२४

**लिन्स, सेप्तेम्बेर - २०२४ **
हार्दिक आभार !

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा आयोजित तीज कार्यक्रम २०२४ ऐतिहासिक रुपमा सफल भएको छ।

September 1 आईतवार 201 Levittown community hall मा सम्पन्न भएको उक्त कार्यक्रममा 400 भन्दा माथिको संख्यामा समुदायका सदस्यहरु सहभागिता हुनु भएको थियो।

माननीय बिधायक Jake Blumen Cranz लाई प्रमुख अतिथी बनाएर शुरुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री कुल प्रसाद गौली( राजन)ले अध्यक्षता गर्नु भएको थियो भने महासचिव श्री राजेन्द्र कार्कीको संयोजनलाई बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटि र बोर्ड सदस्य रोश्नी सिटौलाले साथ दिनु भएको थियो।

संस्थाका उपाध्यक्ष पन्डित गोकुल सापकोटाले मन्त्रोच्चारण गर्दै सबै उपस्थित सहभागिलाई तीजको शुभ- कामना र शान्तिको कामना गर्नु भएको थियो।

संस्थाकी उपाध्यक्ष श्रीमति इन्दिरा सिंखडाले स्वागत मन्तब्यमा सबैलाई स्वागत गर्दै सहभागिताका लागि हार्दिक आभार प्रकट गर्नुभएको थियो।

संस्थाका बर्तमान, निबर्तमान सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, NRNA ICC बाट श्री दुर्गेश कार्की,डा. हरि दाहाल , NRNA बाट श्री दिवाकर पान्डे , निबर्तमान सल्लाहकार श्रीमति कल्पना थापा , पर्वत सेवा समाजबाट श्री सुर्य पौडेल ,धादिङ्ग नेपाली समाज बाट श्री टक बहादुर रुवाली, तामाङ्ग सोसाइटीबाट स्याङ्तान तामाङ्ग(म्याक्स) र ग्याल्सुङ्ग्डो सेवा समाजबाट थावा शेर्पा, लगायत कयौं संस्थाको प्रनीधित्व रहेको थियो।

संस्थाका सल्लाहकारहरु क्रमश: बसन्त चापागाईं, डा. हरि दाहाल, श्री अशोक कार्की, आचार्य पिपल मणि सिग्देल ,श्री रघुनाथ न्युपाने, श्री भुबन श्रेष्ठ,श्री तेज बहादुर शाही र श्री हेमन्त सिङ उपस्थित हुनु भएको थियो। नृत्य प्रस्तुती , गायन र डि.जे. सङ्गीतमा श्री प्रशान्त पाठकले सहयोग गर्नु भएको थियो जहाँ यूवा पीडिदेखी अन्य सबै उमेर समुहका सहभागिले भरपूर आनन्द लिनु भएको थियो।

कार्यक्रम हललाई साज- सज्जामा चिटिक्क पारेर आकर्षक बनाउने , प्रमाण पत्रहरुको ब्यवस्थापन गरेर कार्यसमिति सचिब श्री दीपक अधिकारि ,रबिन सङ्ग्रौलाले , राजिब शर्मा र उर्वशी चौलागाईंले सहयोग गर्नु भएको थियो जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

तीजको बिशेष नृत्य प्रदर्शन गर्ने सहभागिहरुमा साबित्रा सिवाकोटी ,रोश्नी सिटौला,पबिता गौली, उर्वशी चौलागाईं, स्वेता बुढाथोकी , इन्दिरा सिखडा,टंक अनु कट्टेल पारु गिरि, झर्ना शर्मा, प्रतिमा खनाल सिग्देल, सन्तोसि सुवेदी, सुनिता खनाल,सुशिला,मोहनी,मुस्कान र लोचना रहनुभएको थियो। उहाँहरुलाई अध्यक्ष ज्युबाट प्रमाण पत्र प्रदान गरिएको थियो।

यस पल्ट संस्थाकै समन्वयमा बरिस्ठ उपाध्यक्ष ज्युको सयोजनमा ९१ थान सारी, ब्लाउज र अन्य आवाश्यक पोशाकको ब्यवस्थापन गरिएको थियो ।

खानाका लागि विभिन्न चरणमा सकृय सहयोग गर्नु हुनेमा बिकास मैनाली,राज कुमार तामाङ्ग, डा. यम राज गिरि,रबिन सङ्ग्रौला, चन्द्र पराजुली, विश्व मैनाली, हेमन्त शर्मा, डा. हरि दाहाल, दिवाकर पान्डे, शिव मैनाली, दुर्गेश कार्की, सीता मैनाली , राम कुमार राई, रबि खडका, नरेन्द्र सुवेदी, हरि पोख्रेल, निर्मल थपलिया, रबि दाहाल, अध्यक्ष कुल प्रसाद गौली, र राजेन्द्र कार्की आदि रहनु भएको थियो।

गायन प्रस्तुतिमा बिमल डाङ्गी सरिता डाङ्गि र प्रेम सेचुरी, रहनु भर्को थियो भने कार्यक्रम स्थलको फोटो खिचेर सहयोग गर्नु हुने कार्यसमिति देबेन्द्र पुरी पल र कार्यसमीति सद्स्य श्री सुजन रेग्मी रहनु भएको थियो। कार्यक्रमका लागि आर्थिक सहयोग सकलन तथा सूचना अध्यावधिक गर्ने कार्यमा सह- कोषाध्यक्ष श्री राम कुमार राईले गर्नु भएको थियो।

उपस्थित समुदायलाई सम्बोधन गरेर बिदा हुनु भएको प्रमुख अतिथिलाई बिदा गर्दै अध्यक्ष श्री कुल प्र. गौली राजनले सबै उपस्थित समुदाय सदस्य , कार्यक्रम स्थलमा स्टल तेबल राख्ने सन रन र न्युयोर्क लाईफ इन्सुरेन्स कम्पनी , स्वयंसेवक, कार्यसमिति सदस्य , बर्तमान- निबर्तमान पूर्व सबै पदाधिकारी र अन्य सघ- संस्थाहरु र कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्नु हुने सबै दाताहरुमा हार्दिक धन्यवाद र तीजको शुभ- कामना दिनु भएको थियो।


https://www.facebook.com/LongIslandNepaleseSociety

LINS

2024/09/01