लङ्ग टेनिस बल प्रतियोगिता, जुन - २०२४
**लिन्स, जुन २९, २०२४ **
हार्दिक आभार !
लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कको खेलकूद समीतिले आयोजना गरेको लङ्ग एक दिवसीय टेनिस बल प्रतियोगिता सु- सम्पन्न भएको छ।
लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कका बोर्ड सदस्य श्री सुजन रेग्मी, यूवा समाज सेविहरु क्रमश: योग राज पौडेल र ड्यानी (खील लामा )को संयोजनलाई कार्य समीति वरिष्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटी र सचिब श्री दिपक अधिकारी ज्युले ब्यवस्थापन गर्नु भएको थियो ।
East meadow high school को टेनिस कोर्टमा खेलाईएको उक्त खेलमा जम्मा २६ जना खेलाडिहरुले (खेलाडिहरुको नामावली संलग्न गरिएको छ) भाग लिनु भएको थियो ।
खेलको लगत्तै लन्चको समयमा उपस्थित सहभागिहरुले नै आयोजना गरेको छोटो सम्मान कार्यक्रममा लङ्ग आईल्यान्ड नेपाली समाजका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। संस्थाका संस्थापक महासचिव तथा पूर्व सल्लाहकार श्री दुर्गेश कार्की, यन. आर. यन.ए . सह कोषाध्यक्ष श्री दिवाकर पान्डे, सूदूर पश्छिम समाज अध्यक्ष श्री दानसिंह बिस्ट, बाग्लुङ्ग सेवा समाज, पर्वत सेवा समाज उपाध्यक्ष श्री श्याम पौडेल आदि हुनु हुन्थ्यो भने कार्यसमीति अध्यक्ष श्री राजन गौली, बरिष्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटी , महासचिव श्री राजेन्द्र कार्की, सचिब श्री दिपक अधिकारी बोर्ड सदस्य श्री सुजन रेग्मी, बोर्ड सदस्य श्री बिकाश मैनाली र श्रीमति बिमला भन्डारी आदिको उपस्थिति रहेको थियो।
समुह A र समूह B मा सहभागी 26 खेलाडिले विभिन्न चरणमा खेल खेलेर बिजेता छनौट भएका थिए । बिजेताहरुमा प्रथम : श्री जनक बस्नेत र रमेश पाठक थिए भने दोस्रो बिजेता जयराम बराल र बिपुल मैनाली थिए।
दुबै समुहका बिजेता खेलाडिलाई अध्यक्ष कुल प्रसाद गौली ( राजन),महासचिव श्री राजेन्द्र कार्की, पूर्व सल्लाहकार श्री दुर्गेश कार्की, अन्य संस्थाका प्रतिनीधि NRNA सह- कोषाध्यक्ष श्री दिवाकर पान्डे, NRNA NY CHAPTER सदस्य विशाल रेग्मी, सुदूर पस्छिम समाजका अध्यक्ष श्री दानसिङ बिस्ट र पर्वत सेवा समाज उपाध्यक्ष श्री श्याम पौडेलले खादा तथा टीका लगाई सम्मान र हौसल्ला प्रदान गर्नुभएको थियो।
संस्थाले बिजयी खेलाडिहरुलाई आउदै गरेको समर पिकनिकमा सम्मान गर्ने कार्यक्रम रहेको छ।
खेलाडिहरुका तर्फबाट जनक बस्नेत, रमेश पाठक र सल्लाहकार भुबन श्रेष्ठले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो भने अध्यक्षले आफ्नो समय , श्रोत र खेल स्थानको संयोजन गरि सफलतापूर्वक खेल सम्पन्न गर्नु भएकोमा संयोजकहरुलाई एक मुस्ट धन्यवाद ज्ञापन गर्नु भएको थियो।
महासचिवले यस्ता कार्य निरन्तर रहनु पर्छ। खेलले यूवालाई मात्र नभएर सिङ्गो समाजलाई एक ठाउँमा जोड्ने गर्छ त्यसका निम्ति सबै साथिहरुमा कार्यसमितिका तर्फबाट र ब्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क