अन्तरास्ट्रिय नारी दिवस, मार्च - २०२५

**लिन्स, मार्च ०९, २०२५ **

अन्तरास्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न !

मिति आईतवार , 03/09/2025 न्युयोर्क , हिक्स्भिलमा लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले आफ्नो समुदाय र आगन्तुकहरुका बिच ११५ औं अन्तरास्ट्रिय नारी दिवस महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

सिता मिजार नेपाल सरकार तल्लो सदनकी संघीय सांसदलाई प्रमूख अतिथी बनाईएको थियोभने बिशेष अतिथिमा अधिकार सस्थाकी निर्देशक नर्मदा क्षेत्रीलाई बनाईएको थियो।

निलिमा प्रधानको योगा सेसन , रश्मि भट्टको कविता ,** निर्मला पन्तिको** बेजोड बक्तब्य, सुनिता भन्डारिको उत्प्रेरित बक्तब्य , नमिता पौडेल, रुपा भन्डारी , ब्युटिसियनको डेमो, आयुसा बुडाथोकिको नृत्यलाई सयोजन गरेर कार्यक्रम अध्यक्ष राजन गौलिको अध्यक्षतामा महासचिव राजेन्द्र कार्कीले औपचारिक शुरुवात गर्नु भएको थियो भने कार्यक्रम सम्पुर्ण रुपमा सस्थाकी बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिवाकोटिले सन्चालन तथा सयोजन गर्नु भएको थियो।

कार्यक्रममा NRN ICC HONORARY COUNCIL MEMBER Dr. हरि दाहाल,** NRNA CO TREASURER** श्री दिबाकर पान्डे, सल्लाहकार क्रमश : श्रीमति सुनिता भन्डारी, श्री अशोक कार्की , भुबन श्रेष्ठ , तेज बहादुर शाही, कार्यसमिति सचिब दिपक अधिकारी , सह कोषाध्यक्ष श्रेव राम कुमार राई, बोर्ड सदस्य डा. यम गिरि, रोश्नी सिटौला, ज्ञानु चन्द, बिमला भन्डारी, आदिको उपस्थिति थियो भने समुदायका समाज सेवी महिला श्रीमति शोभा पोख्रेल श्रेष्ठ , सृष्टि भट्टराई, झर्ना शर्मा, निशा पराजुली, निर्जला पोख्रेल, उरु चौलागाईं , मिरा सापकोटा, आशिका सङ्ग्रौला, पबिता गौली, सीता मैनाली आदि लगायत दर्जनौं महिलाहरुको उपस्थिति रहेको थियो।

यो कार्यसमीतिले आफ्नो कार्यकालको शुरुवात अन्तरास्ट्रिय महिला दिवस सम्बन्धि अनलाईन कार्यक्रम गरेर शुरुवात गरेको थियो भने यस बर्षको अन्तिम कार्यक्रम पनि महिला दिवस कार्यक्रम गरेर मनाएको थियो।

आगामी दिनमा महिला सशक्तीकरणका लागि समुदायकै महिलाहरुको प्रत्यक्ष सहभागितामा के- कसरी अझ प्रभावकारी रुपमा मनाउन सकिन्छ। हामीले महिला केन्दृत कस्ता कार्यक्रम पस्केर समुदायको सेवा गर्न सकिन्छ तपाईको अमूल्य सूझावको सदैव अपेक्षा गर्दै कार्यक्रममा सहभागी हुने तपाईं सबैलाई हार्दिक आभार प्रकट गर्दै यहि मार्च १६ तारिक हुने बार्षिक साधारण सभामा भाग लिनु हुन तपाईं सबैलाई हार्दिक अनुरोध गर्दछौं ।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


https://www.facebook.com/LongIslandNepaleseSociety