फागु पुर्णिमा होलि, मार्च - २०२४
**लिन्स, मार्च २४, २०२५ **
हार्दिक आभार !
लङ्ग आईल्यान्ड नेपाली समाजद्वारा आयोजित फागु पुर्णिमा ( होलि) समारोहमा तपाईं लङ्ग आईल्यान्ड निवासी सम्पुँर्ण सहभागिहरुमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।
कार्यक्रमको शुरुमा स्वस्तिवाचन गरि होलि पर्वको साँस्कृतिक महत्व बारे प्रकाश पार्दै आचार्य पन्डित श्री गोकुल सापकोटाले अघि बढाउनु भएको थियो भने बाँकी कार्यक्रम संयोजक सुजन रेग्मिले सन्चालन गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबै जनसमुदायलाई होलिको हार्दिक शुभकामना र धन्यवाद ज्ञापन गर्दै अध्यक्ष श्री कुल प्रसाद गौलिले समापन गर्नु भएको थियो।
रङ्गहरुको यो पर्वमा साङ्गितिक रङ्ग भर्ने , नृत्य तथा विभिन्न खेलहरुको संयोजन गरि अझ आकर्षक बनाउने कार्यक्रमका सबै साथिहरु र संयोजक सुजन रेग्मी, आकर्षक टि -सर्टको प्रबन्ध गरि बिक्री बितरण गर्ने साबित्रा सिवाकोटी, रबि खडका ,राम कुमार राई प्रबिधिमा दिपक अधिकारी, नृत्यमा आफ्नो कला देखाउने कलाकार सजल भट्टराई , बाल कलाकार आयुषा बुढाथोकी र कार्यक्रमलाई सफल बनाई दिनु हुने सम्पुर्ण स्वयंसेवकहरुलाई धन्यवाद प्रकट गर्दछौं ।
क्यान्टियग पार्क हिक्सभिलमा आयोजित होलि समारोहमा २०० जनाभन्दा बढि लङ्ग आईल्यान्ड वासीको सहभागिताले हामी उत्साहित भएका छौँ । कार्यक्रमलाई यो चिसो मौसमका बावजुद पनि हामीसगै जोडिएर साथ दिनु हुने सम्पुँर्णमा यो कार्यसमीति हार्दिक आभार प्रकट गर्दछ। निकट भविस्यमा गरिने अन्य कार्यक्रमा पनि यस्तै सहभागिताको अपेक्षा गर्दछौं ।
कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु हुने तपाईं सबै कार्य समीतिका साथिहरु, स्पोन्सर पटेल ब्रदर्श , खानामा आफ्नो ब्यक्तिगत स्पोन्सर गर्ने राजन गौली, नमिता पौडेल, बिकाश मैनाली, इन्दिरा सिंखडा साबित्रा शिवाकोटी , दिपक अधिकारी र तेज शाही परिवार लगायत अन्य सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क