समर पिकनिक र स्वास्थ्य शिविर, जुलाई - २०२४
**लिन्स, जुलाई १९, २०२४ **
हार्दिक आभार !
लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा आयोजित समर पिकनिक, स्वास्थ्य क्याम्पलाई सफल बनाउन विभिन्न किसिमले सहयोग , सह- कार्य र सहभागिता जनाउनु हुने तपाईं सबैप्रती हामी लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्क कार्यसमीति हार्दिक आभार ब्यक्त गर्दछौं।
हामीलाई सह- कार्य गरि सघाउनु हुने NANA (Nepali American Nurse Association) कि संस्थापक अध्यक्ष लङ्ग आईल्यान्ड नेपाली समाजकी सल्लाहकार NP सुनिता भन्डारी र टिमलाई हार्दिक आभार ब्यक्त गर्दछौं।
हामीलाई समग्र रुपमा यो पिकनिकका लागि संयोजन गर्नु हुने सयोजक दिपक अधिकारी , हरेक तरिकाले सहयोग गर्नुहुने सबै कार्यसमीति साथिहरु , स्पोन्सर गर्नु हुने AT&T , ZN ट्राभल्स , महाराजा ग्रोसरी स्टोर , डिनरका लागि $2000 स्पोन्सर गर्नु हुने बर्तमान अध्यक्ष श्री कुल प्र. गौली( राजन), आफ्नो सबै सामाग्री , स्थान , श्रम जुटाएर सहयोग गर्नु हुने आदरणीय समाज सेवी श्री शिव मैनाली , बिकास मैनाली, मीठो खाना बनाउन दक्ष कार्यसमिति सदस्य श्री राज कुमार तामाङ्ग ज्यु, कोषाध्यक्ष निर्मल थपलिया ज्यु र सधै संस्थालाई माया गर्ने आदरणीय श्री रबिन सङ्ग्रौला जसले खाना बनाउन , खरिद गर्न र बार्बर क्युका लागी ४ ब्याग कोइला समेत उपलब्ध गराउनु भएकोमा सबैमा हामी कार्यसमीतिका तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं।
हाम्रो आमन्त्रणलाई स्वीकारेर पाल्नुभएका स्थानिय बिधायिका (Assembly man) Jake Blumen Cranz प्रती बिशेष धन्यवाद ।
अत्यन्तै मीठो खाना ब्यवस्थापन गर्न सघाउने सस्थाका उपाध्यक्ष पन्डित गोकुल सापकोटा ज्यु प्रती हार्दिक आभारी छौं ।
समाजलाई जोड्न हरेक तरिकाले भूमिका खेल्नु हुने हाम्रा अन्य संघ संस्थाका प्रतिनिधिहरु ज्युहरु, सल्लाहकार ज्युहरु, पूर्व अध्यक्षज्युहरु, लगायत विभिन्न खेलका पुरस्कारका लागि प्रायोजन गर्नु हुने कार्यसमीति साथिहरु, म्युजिक सिस्टममा सहयोग गर्नु हुने सजल भट्टराई, प्रशान्त पाठक कोष ब्यवस्थापन गर्नुहुने श्री राम कुमार राई, पबित्राअधिकारी खाना बनाउन र सेवा गर्न सदैव अघि सर्ने संस्थाकी बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष क्रमश: श्रीमति साबित्रा सिबाकोटी , इन्दिरा सिंखडा , बोर्ड सदस्य श्रीमति नमिता पौडेल, अम्बिका फुयाल, रोश्नी सिटौला , फोटो खिचेर सहयोग गर्नु हुने श्री सुजन रेग्मी , पल ( सधै हामीलाई फोटो खिच्ने साथी) अनि बाहिरै बाट सदैव सघाउने सीता मैनाली , पबिता गौली र विशाल रेग्मीज्यु लगायत तपाईं प्रत्येक सबैलाई हामी हृदय देखिनै सबै टिमका तर्फ बाट हार्दिक आभार ब्यक्त गर्दछौं।
पिकनिक स्थलमा बार्बरक्यु गरी सहयोग गर्नु हुने कार्यसमिति सदस्य रभि खडका, चन्द्र पराजुली , अच्युत चापागाईं, सन्तोष रानामगर , सुरज पोख्रेल , ज्ञान प्र. बास्तोला, प्रकाश कुँवर अन्य खाना तथा चट्पटे बनाई हामीलाई सघाउने कार्यसमीति सदस्य श्रीमति बिमला भन्डारी र ज्ञानु चन्द प्रति हामी सहृदय धन्यवाद ब्यक्त गर्दछौं ।
संस्थाका हरेक कार्यमा सदैव हरेक तरिकाले सघाउन अघि सर्ने आदरणीय ब्याक्तित्वहरु जो आफै ब्यस्त हुनुहुन्छ श्री दुर्गेश कार्की, श्री दिवाकर पान्डे , डा. हरि दाहाल र सल्लाहकार श्री हेमन्त सिङ ज्यु जसले पिक्निक स्थलमा साकाहारी खानामा प्रत्यक्ष खटेर सेवा पुर्याउनु भएका उहाँप्रति हामी सदैव आभारी छौँ ।
यो कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको छ। तपाईं नहुनु भए यो संस्था, यो समुदाय यसरी झाँगिदैन थियो । तपाईं प्रत्यक्ष र सकृय सहभागिताले नै हामी हाम्रो सामुदायिक एकता र भाई- चाराको लक्ष्यलाई भेट्ने छौ।
यो साथ र माया सदैव रहोस्।
अन्तमा, अनवरत प्रयासका बावजूद पनि कुनै कमजोरी रहेछन् भने त्यो हामी पूनरवलोकन गरि अझै ब्यवस्थित गरि सिक्दै तपाईको हातेमालो सहित अघि बढ्ने प्रण गर्दछौं।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क