नेपाली पासपोर्ट घुम्तीसेवा, जुन - २०२४

**लिन्स, जुन २९, २०२४ **

हार्दिक आभार !

मिति 06/29/2024 मा लङ्ग आईल्यान्ड नेपाली नेपाल सरकार महाबाणिज्यदूत कार्यालय न्युयोर्कसॅग लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कको आयोजना र ब्यबस्थापनमा 2550 Club house Rd. Merric स्थित सामुदायिक भवनमा पासपोर्ट तथा कन्सुलेट सम्बन्धी घुम्ती सेवा सम्पन्न भएको छ।

बिहान करिब ९ः०० बजे बाट शुरु भएको घुम्ती सेवा कार्य करिब ५ बजे सम्म चलेको थियो। अत्याधिक मात्रामा प्रतीक्षा गरिएको यो सेवाबाट लङ्ग- आईल्यान्ड , छिमेकी शहर र अन्य राज्यमा बसोबास गर्ने नेपालीहरु जम्मा ५० भन्दा बढिले सेवा लिनु भएको छ।

आफ्नै शहरमा सेवा दिन अहोरात्र खटिएर सेवा दिन हौसिनु भएका महाबाणिज्य कार्यालय न्युयोर्कप्रती सबै लङ्ग आईल्यान्ड नेपाली समाजका सदस्यहरु कृतग्य छन्।

कार्यक्रम स्थलमा स्वयं उपस्थित भएर लङ्ग आईल्यान्ड नेपाली समाज र सबै सदस्यहरुप्रती महाबाणिज्य दूत चक्र कुमार सुबेदिले सेवा प्रदान गर्न पाएको यो अवसर प्रती खटिने आफ्ना सहकर्मी, लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्क कार्यसमिति , सेवाग्राही र भवन उपलब्ध गराउने स्थानीय सरकार प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कका अध्यक्ष श्री राजन गौली, बरिष्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिवाकोटि र महासचिव श्री राजेन्द्र कार्कीले महाबाणिज्यदूत कार्यालय र समग्र टिम क्रमश: कार्यबाहक महाबाणिज्यदूत चक्र सुवेदी, बाणिज्य दूत बिष्णु कुमारी अधिकारी, श्री नवराज भट्टराई, श्री मणि पोख्रेल , श्रीमति समि रेग्मीलाई संस्थाकातर्फबाट खादा लगाई सम्मान गर्नुभएको थियो । समाजका भद्र भलाद्मीहरु, समाजको पूर्बसल्लाहकारहरु, बर्तमान सल्लाहकारहरु, NRNA- NCC USA तथा New York Chapter को प्रतिनीधिहरुको उपस्थिती रहेको र मिडीयाकर्मी श्री सम्राट कार्की ज्युले रिपोर्टिंग गर्नुभएको थियो।

अन्तमा हामीलाई साथ दिनु हुने तपाई सबै लङ्ग आईल्यान्ड नेपालीहरु, अन्य संघ- संस्थाका प्रतिनीधि, स्वयंसेवक , मिडियाकर्मी, स्थानीय टाउन सरकार,सबै कार्यसमीति सदस्यहरु र सल्लाहाकार ज्युहरुको अथक मेहनत र समय प्रति हामी हार्दिक आभार ब्यक्त गर्दछौं ।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क