सामुदायिक भेला, सेप्तेम्बेर - २०२४
**लिन्स, सेप्तेम्बेर ११, २०२४ **
हार्दिक आभार !
सामुदायिक भेला सु- सम्पन्न!
लङ्ग आईल्यान्ड नेपाली समाजद्वारा आयोजित सामुदायिक भेला अत्यन्तै सफलताका साथ समुदायको प्रत्यक्ष सहभागितामा समपन्न भएको छ।
मिती सन 09/08/2024 मा 201 Levittown parkway स्थित सामुदायिक हलमा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री कुल प्रसाद गौली( राजन) ज्युको अध्यक्षतामा महासचिव श्री राजेन्द्र कार्कीले सन्चालन गर्नु भएको थियो।
संस्थाका बर्तमान बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटीले स्वागत मन्तब्यबाट सबै उपस्थित समुदायलाई स्वागत गर्नु भएको थियो।
कार्यक्रमको प्रविधिलाई सचिब श्री दिपक अधिकारी सह- कोषाध्यक्ष श्री राम कुमार राई र बोर्ड सदस्य श्री बिकास मैनालिले संयोजन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका बर्तमान, निबर्तमान, पूर्व कार्यसमिति पदाधिकारी ज्युहरु,सल्लाहकार ज्युहरु, NRNA ICC बाट श्री दुर्गेश कार्की,डा. हरि दाहाल, NRNA बाट श्री दिवाकर पान्डे, NRNA NY Chapter बाट श्री विशाल रेग्मी, रिजउड नेपाली सामजबाट श्री राजेश भट्ट, सुदूर पस्छिम समाजबाट श्री दानसिङ बिस्ट, धादिङ्ग नेपाली समाजबाट श्री टक बहादुर रुवाली, पर्वत सेवा समाजबाट श्री सुर्य पौडेल र श्याम पौडेल र ग्याल्सुङ्डो सेवा समाजबाट श्री थावा शेर्पा लगायत अन्य निकै संस्थागत उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा लङ्ग आईल्यान्ड नेपाली समाजले हाल सम्म गरेको कार्यक्रम मार्फत गरेको सामुदायिक गतिबिधी, संस्थाका समस्या, प्रगति र आगामी योजना हुँदै सामुदायिक भवनका लागि बिभागिय समीतिगठन भएको छ।
महासचिवले समुदायलाई आवाधिक प्रतिवेदनका रुपमा संस्थाका सम्पादित कार्यक्रम र संस्थाको अपीलबाट समुदायको भवनको महा- अभियानमा खुलेर समाहित हुन लङ्ग आईल्यान्ड भित्र बसोबास गर्ने सबैमा हार्दिक अनुरोध गर्नु भएको थियो।
समुदायले नै प्रत्यक्ष सहभागी भएर सामुदायिक भवनका बारेमा र यस अन्तर्गत बन्ने समीतिमा छलफल गरेको छ। यो एउटा समुदायको अपनत्व हुने गरि शुरु भएको सकारात्मक प्रकृया हो।
समुदाय भवनका लागि कार्यसमीति अध्यक्ष अन्तर्गत रहने गरि एक मूल समारोह समीति र सो मूल समीति भन्दा तल समन्वय समीति, अर्थ सकलन/कार्यक्रम समीति, कानून/ प्राविधिक समीति र प्रचार- प्रसार समीति गरि जम्मा चार समीति गठन गरिएको छ।
मूल समारोह समीतिभित्र संस्थाका संस्थापक, निवर्तमान र पूर्व सबै अध्यक्ष, सल्लाहकार र पदाधिकारीहरु पदेन सदस्य रहने गरि ब्यवस्था गरिएको छ जुन आफैमा एक बृहत्तर सामुदायिक सहभागिताको भरपर्दो उदाहरण हो।
समुदायले यसलाई रुचाएका छन् । सामाजिक एकता र एउटै भवन बन्नु पर्छ भनेर भेलामा आवाज उठेको छ जसले समाज एकतामा रहनु पर्छ भन्ने माग देखिन्छ।
सामुदायिक भवनका लागि संकलित रकम हरेक दिन हामी हाम्रा आधिकारिक पेजमा अपडेट गर्दै जानेछौं । अब यसलाई लगत राखेर सम्बन्धित समीति मार्फत सो कार्य अघि बढाईने छ।
सामुदायिक भेलाबाट प्रस्तावित भई मनोनयन हुनु भएका समीति संयोजकहरुमा समन्वय समीति संयोजक श्री दिवाकर पान्डे, अर्थ सकलन /कार्यक्रममा श्री दुर्गेश कार्की, कानून तथा प्राविधिक समीतिमा श्री बिबेक गौतम र प्रचार- प्रसार समीतिमा श्री सुर्य पौडेल रहनु भएको छ।
कार्यक्रमको भेलाले उठाएको बिभिन्न प्रश्नको उत्तर संस्थाका अध्यक्ष श्री राजन गौलीले आफ्ना सम्पुर्ण कार्यसमिति पदाधिकारीहरु क्रमश बरिस्ठ उपाध्यक्ष साबित्रा सिबाकोटी, उपाध्यक्ष द्वय पंन्डित गोकुल सापकोटा, इन्दिरा सिंखडा, महासचिव राजेन्द्र कार्की, सचिब दिपक अधिकारी, सह- कोषाध्यक्ष राम कुमार राई, बोर्ड सदस्य क्रमश : डा. यम गिरि, बिकस मैनाली, ज्ञानु चन्द, बिमला भन्डारी, नमिता पौडेल र रोश्नी सिटौला आदिका साथ बसेर दिनु भएको थियो।
अन्तमा उपस्थित समुदायलाई प्रश्न, सहभागिता, भवनका लागि घोषणा गर्नु भएको रकम र देखाउनु भएको एकताप्रति
कार्यसमितिका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरताको अपेक्षा गर्नु भएको थियो।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क