महासचिवको अपील
Appeal from the Secretary-General

RAJENDRAKUMARKARKI


मातृभूमीबाट पृथ्वीकै अर्को पाटोमा आफ्नो कर्मबाट फरक र सम्पन्न जीवनका निम्ति अहोरात्र मेहनत गर्नुहुने तपाईं सबै लङ्ग- आईल्यान्ड निवासी आमा- बुवा , दाजुभाई र दिदिबहिनीहरुमा म बर्तमान कार्यसमीति महासचिव राजेन्द्र कार्कीको मनै देखि हार्दिक नमस्कार ! लङ्ग आईल्यान्ड नेपाली समाजको स्थापनाको अघिल्लो बर्ष यानेकी 2009 देखि म यसै पावन भूमिमा मेरी श्रीमति एक छोरा र छोरीको साथमा हिक्स्भिलमा बसोवास गर्दै आएको छु।

आफ्नो बसाई, जीवन भोगाई र यहाँको सामाजिक संरचना, बढ्दो संख्या र दैनिकी भित्र लङ्ग आईल्यान्ड नेपाली समाज कहाँ छ , के गर्दै छ र के गर्नु पर्छ भन्ने प्रश्नका उत्तरलाई आफ्नो ठ्म्म्याईका आधारमा तपाईंसँग केही शब्द लिएर जोडिने यो अवसरका निम्ति सिङ्गो कार्यसमिति प्रति हार्दिक आभार ब्यक्त गर्दछु।

१४ बर्षे किशोरवयको लङ्ग आईल्यान्ड नेपाली समाजले हरेक बर्ष आफ्नो कार्यगत क्यालेन्डर बढाउँदै लगेको छ।हिजो केबल दशै्ं - तिहार, तीज, नयाँ बर्ष र पिकनिकमा सीमित लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले आज साँस्कृतिक घेराभन्दा अलिक फराकिलो कदम समाजमा राख्दै छ ।

आज नेपाली भाषा, नेपाली नृत्य, खेल-कूद , पास्पोर्ट, समुदायसँग बिज्ञ, स्वास्थ्य क्याम्प, डिजिटल क्यालेन्डर, वेब साईट मात्र नभएर यी सबै कार्यक्रमका लागि एउटा स्थायी छानोको आवाश्यकता पर्दछ। सामुदायिक गतिबिधिको नियमितताका लागि समुदायकै अपनन्त्व हुने गरि एक सामुदायिक भवनको निर्माणका लागि काम गर्दै छ।

सामुदायिक भवनको महत्व हामी सबैले बुझेका छौँ ।जहाँ एक जीवनको शुरूवात देखि मरणोप्रान्त पनि रहन्छ। एक जीवनको सामाजिक पाटो जहाँ आमाको गर्भमा बेबि सावर हुन्छ, न्वारान ,पास्नी, छेवर, ब्रतबन्ध,गुन्यूचोलो,बिवाह, बार्षिकी , जन्मोत्सव , काज - कृया , श्राद्द लगायत सबै सास्कृतिक , माङ्गलिक कार्यको एकै मात्र बिकल्प हो सामुदायिक भवन जसले हामी सबैलाई जोड्द्छ । यसको हिस्सेदार बन्नु हामी सबैको दायित्व हुन आउँछ।

आफ्नै मौलिक पहिचान र पूर्वाधार सम्पन्न भवन बनाएर समुदायका सबै सामाजिक काम एकै ठाउँबाट सम्पन्न गराउन हामी दृढ संकल्पित छौँ । हामीलाई अवश्य चुनौती र अवसर दुबै छन् । चूनाव र त्यसको रेखाले कोरिएको अदृश्य सीमालाई हटाउन सामाजिक कार्यको ईमान्दार प्रयास र परिणाम निस्चित समय भित्र दिनु पर्ने छ। हामीलाई राजनीति आउँदैन तर सामाजिक कामबाट एक छुट्टै परिचय बनाउन चाहान्छौ। स्थानीय सरकार, अन्य संघ - संस्थासँग गहिरो सम्बन्ध स्थापित गरि तपाईं सबैको बिस्वासलाई एक उचाईसम्म लिएर जान चाहान्छौं। तपाईको खवरदारी, सूझाव र माया सबै लिएर यात्रा तय गर्न चाहान्छौं ,हामी तपाईको मत शीरमा लिएर सेव गर्न चाहान्छौं। हामी एक सुबिधा सम्पन्न सामुदायिक भवन, सामुदायिक पार्क , सामुदायिक स्कुल अफ्नै एक सशक्त यूवा खेलकूद समुहहरु हुन् जसले नेपाली समुदायलाई अझ पहिचान गराउदै लैजाओस् भन्ने चाहान्छौं। यी सबै योजना एक स्पस्ट योजना सहित समुदायकै अपनत्वमा सम्पन्न होस भन्ने चाहान्छौ।

हामी सामुदायिक संस्थामा सामुदायिक , साँस्कृतिक , शैक्षिक र बिभिन्न खेलकूद गतिविधिबाट समाज जोडियोस भन्ने हेतुले कार्यक्रम पस्कने छौँ नकि कुनै वाद या भातृसगठनले । हरेक घरैपिच्छे हुने संस्था र परिवारै पिच्छे हुने गुट- उपगुटबाट लङ्गआईल्यान्ड नेपाली समाज मुक्त हुनु पर्छ। यी सबै कार्य त्यतिबेला मात्र सम्भव छ जति बेला समुदायका सबैले हरेक कार्य म र मेरो सन्ततिका लागि हो भनेर अपनत्व लिनु हुनेछ। यसका निम्ति समयमा नै तयार रहि आउने हरेक कार्यमा आफ्नो अपनत्व लिएर एक नमुना समाज बनाउने कार्यमा हातेमालो गरि दिनु हुन तपाईं सबैमा हार्दिक अनुरोध गर्दछु।

जय लङ्गआईल्यान्ड नेपाली समाज !
राजेन्द्र कार्की
महासचिव
लङ्गआईल्यान्ड नेपाली समाज न्युयोर्क

Heartfelt greetings to all the mothers, fathers, brothers, and sisters residing in Long Island who work tirelessly day and night for a better and prosperous life far from our homeland. I am Rajendra Karki, the current General Secretary of the Long Island Nepali Society.

Since the year before the establishment of the Long Island Nepali Society, in 2009, I have been living in Hicksville with my wife, son, and daughter. I am grateful for this opportunity to connect with you and share some words about where the Long Island Nepali Society stands, what it is doing, and what needs to be done based on my understanding of our community's growth and daily life.

The 14-year-old Long Island Nepali Society has been expanding its calendar of activities each year. What was once limited to celebrations of Dashain, Tihar, Teej, New Year, and picnics has now grown to encompass a broader cultural scope.

Today, we need a permanent place not just for events like Nepali language and dance classes, sports, passport services, expert community interactions, health camps, digital calendars, and a website. We are working towards building a community center that can house all these activities regularly and meaningfully.

We all understand the importance of a community building. It is a place that supports life from birth to death, accommodating ceremonies like baby showers, naming ceremonies, rice feeding, head shaving, coming-of-age, weddings, anniversaries, birthdays, memorials, death rites, and other cultural and auspicious events. It is our duty to contribute to this endeavor.

We are committed to building an infrastructure-rich community center that can host all our social activities in one place. We face both challenges and opportunities. We must overcome the invisible boundaries marked by elections and politics through sincere social work and timely results.

While we may not be politicians, we aim to create a distinct identity through social work. We aspire to establish deep connections with the local government and other organisations, bringing your trust to new heights. We seek your vigilance, suggestions, and love as we embark on this journey, and we wish to serve you with your support.

We envision a well-equipped community center, a community park, a community school, and a strong youth sports group that will elevate the Nepali community's identity. We want these plans to be executed clearly and with a sense of ownership by the community.

Our programs will be designed to unite the community through cultural, educational, and various sports activities, free from any ideological or partisan biases. The Long Island Nepali Society must be free from the proliferation of small groups and factions within every household and family. These goals can only be achieved when everyone in the community takes ownership of every activity as if it were for themselves and their descendants. Therefore, I earnestly request all of you to be prepared and participate in building an exemplary society.

Long live the Long Island Nepali Society!
Rajendra Karki
General Secretary
Long Island Nepali Society New York.